अमेरिकी सेनाको बेसक्याम्पको टिकाटिप्पणीका सम्वन्धमा गाउँपालिकाको गम्भिर ध्यानाकर्षण

मंगलबार, ०९ जेठ २०८०, १२ : ३३

काठमाडौँ- विगत केही दिन देखि साईपाल गाउँपालिकाको भौगोलिक अस्मिता तथा समग्र देशको राष्ट्रियता माथि प्रश्न उठ्ने गरि साईपाल गाउँपालिकामा रहेको माझा क्षेत्रमा अमेरिकी सेनाको बेसक्याम्प स्थापना भएको भनि विभिन्न सञ्चार माध्ययम तथा सामाजिक सञ्जालहरुमा प्रसारण तथा प्रकाशन भएका कपोकल्पित तथा अभिव्यक्ति र सो सम्बन्धी गरिएका टिकाटिप्पणीका सम्वन्धमा गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ ।

सार्वभौम राष्ट्रको समग्र भुगोलको रक्षा गर्नु सरकारको कर्तव्य हो । नेपलको भौगोलिक क्षेत्रको सुरक्षाका विषयमा संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आ-आफ्नो तहबाट अह्म भूमिका निर्वाह गर्दै आईरहेको छ । सोही सम्बन्धमा साईपाल गाउँपालिका वडा नं १ र २ को क्षेत्रभित्र रहेको माझा क्षेत्र साईपाल गाउँपालिकाको जडिबुटी संकलन क्षेत्र रहेको र नियमित रुपमा स्थानीय वासिन्दाको आवतजावत भईरहने साथै गाउँपालिकाबाट समेत उक्त क्षेत्रमा नियमित अनुगमन भईरहेको हुँदा सो क्षेत्रमा सञ्चार माध्ययममा उल्लेख भएबमोजिम कुनै पनि गतिविधि नभएको व्यहोरा समेत अवगत गराउन चाहान्छौं ।

अन्तमा, कपोकल्पित, भ्रामक, गाउँपालिकाको प्रतिष्ठामा आँच पु-याउनुका साथै समग्र राष्ट्रको राष्ट्रियता माथि नै प्रश्न उठ्ने गरि तथ्य प्रमाण विना यस्ता र अभिव्यक्ति र समाचार प्रकाशन तथा प्रसारण नगर्न नगराउन सम्बद्ध सबैमा अनुरोध गर्दै अब उपरान्त यस्ता भ्रामक अभिव्यक्ती तथा टिकाटिप्पणी प्रकाशन गरेगराएको पाईएमा आवश्यक कारवाहीको प्रकृया अगाडी बढाईने व्यहोरा समेत जानकारी गरिन्छ ।


 

मंगलबार, ०९ जेठ २०८०, १२ : ३३

प्रतिक्रिया