काठमाडौँ- राजन अनुसन्धान विभाग हरिहरभवनमा अहिले एक प्रकारको आतंक सिर्जना भएको छ । त्यहाँ मुलुकको करदाता व्यापारीहरुलाई सताउने नयाँ खालको अभ्यास भईरहेको छ ।
सँयौ गाडीहरु थन्काइएको छ भने व्यापारीहरु आफ्ना समस्या लिएर पनि त्रासित देखिन्छन् राजश्व अनुसन्धान विभागका महानिर्देशक नारायण प्रसाद सापकोटाले व्यापारीहरुलाई दिनु सम्मको सास्ती दिएको बताइन्छ। एक पीडित व्यापारीले आजको अर्थ सित भने, " त्यहाँ जाँदा हात मुठुठी पारेर जानु पर्ने अवस्था छ । उहिले स्याङजामा मा पाहुना जानेले हात मुठ्ठी परेर सुत्थे रे । नत्र कुनै तमसुकमा ल्याप्चे लाइदिने डर हुन्थो रे । राजस्वमा पनि स्याङजाली भएकोले त्रसिनु पर्ने अवस्था छ । देशलाई कर तिर्ने हामी व्यापारी र व्यवसायीलाई दुख दिएर महा निर्देशकले कसलाई खुसि बनाउन खाजेका हुन् कुन्नी ?"
महानिर्देशक सापकोटा सँग पटक पटक सम्पर्क गर्न खोज्दा उहाँ सम्पर्कमा पनि आउनु भएन । आजको अर्थले यस अघि पनि न्यूरोडका व्यापारीहरुलाई राजस्वले दुख दिएको समाचार प्रकाशित गरिसकेको छ । समस्या बारे यस संवाददााताले बुझ्न खोज्दा महानिर्देशक सापकोटाले महत्व दिनुभएन ।
प्रतिक्रिया