यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य :

१० महिना अगाडि

काठमाडौँ-  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारको लागि फलफूल तथा तरकारीको मुल्य सार्वजनिक गरेको छ ।

जस अनुसार  अनुसार आज बिहीबार नेपाली गोलभेडा, लोकल सिमी, फर्सी र रुख कटहर ४५ रुपैयाँ, तराई सानो गोलेभडा, हाइब्रीड लसुन, चिचिन्डो, लौका र तने बोडी प्रतिकेजी ३५ रुपैयाँ, रातो आलु ४१ रुपैयाँ, रातो आलु (भारतीय) ४१ रुपैयाँ, सुकेको प्याज ३४ रुपैयाँ ५० पैसा, लोकल गाजर ७६ रुपैयाँ, स्थानीय काउली, सजिवन, चुकुन्दर र ब्रोकाउली ७५ रुपैयाँ, ज्यापु स्थानीय काउली ८६ रुपैयाँ ६७ पैसा, डल्लो भन्टा ५५ रुपैयाँ, मकै बोडी र हाइब्रीड सिमी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा १९० रुपैयाँ, भटमासकोसा ११६ रुपैयाँ ६७ पैसा, तितो करेला ३२ रुपैयाँ ५० पैसा, लोकल परवर ८५ रुपैयाँ, घिरौला ४९ रुपैयाँ, झिगूनी ५६ रुपैयाँ ६७ पैसा, सलगम ७६ रुपैयाँ ६७ पैसा, भिण्डी ४९ रुपैयाँ, बरेला ११५ रुपैयाँ, रायोको साग ४५ रुपैयाँ, पालूगो साग ११५ रुपैयाँ, चमसूर, सौफ र मेथीकोे साग ११६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा, डल्ले च्याउ २९६ रुपैयाँ र कन्य च्याउ १४० रुपैयाँ तोकिएको छ । 


त्यस्तै, कुरीलो प्रतिकेजी २८३ रुपैयाँ ३३ पैसा, न्यूरो, जिरीको साग र ग्याठ कोबी ७६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले १९३ रुपैयाँ ३३ पैसा, पुदीना ११३ रुपैयाँ ३३ पैसा, तामा ९६ रुपैयाँ ६७ पैसा, तोफु ११५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, फुजी स्याउ २७६ रुपैयाँ ६७ पैसा, कागती १९० रुपैयाँ, दसहरी र मालदह आँप २१० रुपैयाँ, हरियो अंगुर २२५ रुपैयाँ, अनार २६५ रुपैयाँ, कालो अंगुर ३२५ रुपैयाँ, मौसम २६५ रुपैयाँ, जुनार २१० रुपैयाँ, लोकल काक्रो ८६ रुपैयाँ, नेपाली मेवा ६५ रुपैयाँ, लोकल लिच्ची १७६ रुपैयाँ ६७ पैसा, किवि र आभोकाडो ४५० रुपैयाँ, अदुवा २७० रुपैयाँ, सुकेको खुर्सानी ४६५ रुपैयाँ, रहु माछा ३४३ रुपैयाँ ३३ पैसा, छडी माछा २७५ रुपैयाँ र बचुवा माछा २८० रुपैयाँ तोकिएको छ । 

१० महिना अगाडि

प्रतिक्रिया