सुनको मुल्यमा भारी गिरावट, आज कतिमा हुदैँछ कारोबार ?

१० महिना अगाडि

काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको भाउ ओरालो लागेको छ। 

 आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो बुधबार भने सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल  सुन  १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो। 

 

१० महिना अगाडि

प्रतिक्रिया