सगरमाथा लुम्बिनी इन्स्योरेन्सकोको सेयर संरचना परिवर्तन

विहीबार, ११ जेठ २०८०, १४ : ०७

काठमाडौं- सगरमाथा लुम्बिनी इन्स्योरेन्सको शेयर संरचना परिवर्तन भएको छ ।

 साविक सगरमाथा इन्स्योरेन्स कम्पनीको २०७९ असार ८ गते बसेको संचालक समितिको बैठकबाट संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गर्न नेपाल बीमा प्राधिकरणसमक्ष स्वीकृति माग गरेकोमा प्राधिकरणले गत माघ १२ गते सैद्धान्तिक सहमति दिएको थियो ।

साथै कम्पनीको गत फागुन ११ गते सम्पन्न २६औं वार्षिक साधारण सभाबाट संस्थापक शेयर सर्वसाधारण शेयरधनी समूहमा परिणत गर्ने विशेष प्रस्ताव पारित भएबमोजिम साविक सगरमाथा इन्स्योरेन्स कम्पनीको ७१ प्रतिशत संस्थापक शेयरलाई वैदेशिक लगानी साझेदार सेलिको इन्स्योरेन्स पिएलसी श्रीलंकाको २० प्रतिशत शेयर यथावत् राखी साविक सगरमाथा इन्स्योरेन्स कम्पनीको नेपाली संस्थापक शेयरधनी समूहले धारण गरेको ५१ प्रतिशत शेयरलाई ३१ प्रतिशत संस्थापक शेयर कायम गर्दा हुन आउने २० प्रतिशत संस्थापक शेयरधनीहरु समानुपातिक रुपमा सर्वसाधारण शेयरधनी समुहमा परिवर्तन गर्न प्राधिकरणसमक्ष माग गरिएकोमा प्राधिकरणबाट वैशाख २० गतेको पत्रबाट एकिकृत कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्सको स्वदेशी संस्थापकहरुको २० प्रतिशत संस्थापक शेयर मात्र समानुपातिक रुपमा प्रो राटा बेसिसमा सर्बसाधारण शेयर समुहमा परिणत गर्न अन्तिम स्वीकृति प्राप्त भएको हो ।

साविक सगरमाथा इन्स्योरेन्स कम्पनीका नेपाली संस्थापक शेयरधनीहरु समूहले धारण गरेको ५१५ शेयरलाई ३१५ संस्थापक शेयर कायम गर्दा हुन आउने २०५ प्रतिशत संस्थापक शेयरहरु सर्वसाधारण शेयर समूहमा परिवर्तन गरिने भएकोले संस्थापक शेयर सर्वसाधारण समूहमा परिवर्तन गर्न नचाहने साविक सगरमाथा इन्स्योरेन्स कम्पनीका संस्थापक शेयरधनीहरुका लागी कम्पनीले जानकारी गराएको हो ।

कम्पनीले संस्थापक शेयर सर्वसाधारण समूहमा परिवर्तन गर्न नचाहने संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र संस्थापक शेयर सर्वसाधारण समूहमा परिवर्तन गर्न नचाहेको स्वघोषणको जानकारी कम्पनीको प्रधान कार्यालयमा गराउन अनुरोध गरेको छ । साथै उक्त अवधि समाप्त भए पश्चात उल्लेखित शेयरहरु सर्वसाधारण समूहमा परिवर्तन हुने कम्पनीले जनाएको छ ।

विहीबार, ११ जेठ २०८०, १४ : ०७

प्रतिक्रिया