छ्याङ्दी हाइड्रोपावरको बिक्री प्रबन्धकमा बीओके क्यापिटल नियुक्त

विहीबार, ११ जेठ २०८०, १४ : ११

काठमाण्डौं- छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

 कम्पनीले हकप्रद शेयर बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केटलाई नियुक्त गरेको हो ।

छ्याङ्दी हाइड्रोपावरको गत वैशाख २८ सम्पन्न नवौँ वार्षिक साधारणसभाबाट चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरिसकेको छ ।

कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँबराबरको हकप्रद जारी गर्ने तयारी गरेको छ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद जारी गर्नेछ ।

विहीबार, ११ जेठ २०८०, १४ : ११

प्रतिक्रिया