प्रिमियममा ऋण दिदैँ एक्सेल डेभलपमेन्ट बैंक

११ महिना अगाडि

काठमाडौं-  बैंकहरूले कर्जा लगानी गर्न आकर्षक योजना ल्याउन थालेका छन् । बैंकहरूले अहिले घर कर्जा, विद्युतीय सवारी र सेयर कर्जामा आकर्षक योजना ल्याउन थालेका हुन् ।यसैक्रममा, एक्सेल डेभलपमेन्ट बैंकले ‘सजिलो सेयर कर्जा योजना ल्याएको छ । यस कर्जा योजना अन्तर्गत बैंकले बेसरेटमा १.५ प्रतिशत मात्रै प्रिमियम जोडर सेयर धितो कर्जा दिने भएको छ ।

वैशाख मसान्तको विवरण अनुसार बैंकको बेसरेट ११.९२ प्रतिशत रहेको छ । त्यसमा १.५ प्रतिशत प्रिमियम जोडर साढे १३.४२ प्रतिशत ब्याजदरमा सेयर कर्जा दिने भएको हो ।

बैंकका अनुसार छिटोछरितो प्रक्रियामार्फत सहजै ऋण दिइने छ । यो कर्जा योजना सीमित अवधि मात्र लागू हुने बैंकले जनाएको छ ।

११ महिना अगाडि

प्रतिक्रिया