पुरानै लयमा फर्किदै सुनको भाउ, आज कतिमा हुदैँछ कारोबार ?

१० महिना अगाडि

काठमाडौँ- साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ ओरालो लागेको छ।

 आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ८ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ८०० रुपैयाँ कायम भएको भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो बिहीबार पनि सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३४५ रुपैयाँ कायम भएको थियो। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो। 

 

१० महिना अगाडि

प्रतिक्रिया