साधना लघुवित्तको संचालकमा दुवाल नियुक्त

शुक्रबार, १२ जेठ २०८०, ११ : ४२

काठमाडौं- साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा लक्ष्मी प्रसाद दुवाल नियुक्त भएका छन् । लघुवित्तको संस्थापक शेयरधनी कुमारी बैंकको तर्फबाट प्रतिनिधित्व गर्नेगरी दुवाल नियुक्त भएका हुन् ।

यसअघि संचालक समितिमा कुमारी बैंककै तर्फबाट प्रतिनिधित्व गर्ने रमेश सापकोटाको सट्टामा बैंकका सहायक महाप्रबन्धक दुवाललाई मनोनयन गरिएको हो ।

शुक्रबार, १२ जेठ २०८०, ११ : ४२

प्रतिक्रिया