नबिल बैंकको सुनौलो अवसर सार्वजनिक

११ महिना अगाडि

काठमाडौँ - खल्तीले नबिल बैंक लिमिटेडसँगको सहकार्यमा नबिल बैंक खाता लिंक गर्ने सुविधा उपलब्ध गराएको छ। 

यस सुविधाअन्तर्गत प्रयोगकर्ताले नबिल बैंक लिंक गर्दै रु. १०० बोनस र उपहारमा ४३ इन्चको स्मार्ट टीभी र ३२ इन्चको र ‘खल्ती प्रो’ को सब्सिक्रप्सन जित्न सक्नेछन्।

प्रयोगकर्ताले खल्तीमा आफ्नो पहिलो बैंक लिङ्क गर्दै पहिलो भुक्तानी गरेमा रु। १०० बोनस प्राप्त गर्नेछन्। प्रयोगकर्तामध्ये नै एक भाग्यशाली विजेताले बम्पर पुरस्कारका रूपमा ४३ इन्चको स्मार्ट टीभी र हरेक हप्ता एकजनाले ३२ इन्चको स्मार्ट टीभी र  ‘खल्ती प्रो’ को सब्सिक्रप्सन प्राप्त गर्नेछन्।

यसका साथै खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अन्तर्गत १०० रुपैयाँभन्दा बढीको भुक्तानीमा प्रयोगकर्ताले डिजिटल स्क्र्याच कार्डमा करोडौँ मूल्यका पुरस्कार र कुपनको प्राप्त गर्नसक्नेछन् भने कुनै पनि २ भुक्तानी पूरा गरेर पल्सर एन१६० जित्न सक्नेछन्।

यी सेवाका साथै अफरका बारेमा ’खल्ती’ डिजिटल वालेटका प्रमुख कार्यकारी निर्देशक बिनय खड्का भन्छन्, ‘नबिल बैंकको बैंक लिंक सुविधा नबिल बैंक र खल्ती प्रयोगकर्ता दुवैका लागि सबैभन्दा प्रतिक्षित सुविधामध्ये एक हो। हामीले यो सेवा ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अन्तर्गत आकर्षक अफरहरुका साथ उपलब्ध गराउन पाउँदा खुसी छौँ र प्रयोगकर्तालाई पनि यस अफरले उत्साहित बनाउने आशा गर्दछौँ।’

आईओएस २७००१ः२०१३ बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा पुगेको छ। हाल खल्तीमा देशभरिका ३४ लाखभन्दा बढी प्रयोगकर्ता, ८५ हजारभन्दा बढी एजेन्ट, ६५ हजारभन्दा बढी व्यापारी, ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था, १ हजार १०० भन्दा बढी सहकारी र ३०० भन्दा बढी कर्मचारीको परिवारमा वृद्धि गरेको छ। 

सबै नेपालीमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टीभी रिचार्ज, हवाई, सिनेमा, र एइभेन्ट टिकट बुकिङ, बीमा शुल्क, ई–कमर्सहरु, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरु र थुप्रै डिजिटलाइज्ड सेवाहरु उपलब्ध गराएको छ। 

११ महिना अगाडि

प्रतिक्रिया