एशियन लाइफद्धारा मृत्यु दाबी भुक्तानी

१० महिना अगाडि

काठमाडौँ - एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको नारायणगढ शाखाले बीमितको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले खैरहनी २, चितवन निवासी जिवन श्रेष्ठको परिवारलाई मृत्युदावी भुक्तानीको चेक हस्तान्तरण गरेको हो । मृतकको आमा शिव कुमारी श्रेष्ठलाई कम्पनीले बीमा वापतको १ लाख ५३ हजार ६ सय ६४ रुपैयाँको चेक हस्तान्तरण गरेकोे हो । उक्त्त कार्यक्रममा दावी वापतको रकम मृतकका परिवार, आफन्त, स्थानिय समाजसेवी, अभिकर्ता र कम्पनिका पदाधिकारी लगायतको उपस्थितीमा हस्तान्तरण गरिएको थियो ।

बार्षिक बीमाशुल्क ६ हजार ६७९ रुपैयाँ मात्र रहेको १ लाख बीमांकको उक्त बीमा योजना सन २०११/०८/१२ मा जारी गरिएको थियो । मिती २०७९/११/१८ गते साउदी अरबमा हृदयघातका कारण श्रेष्ठको मृत्यु भएको थियो ।

उक्त कार्यक्रमाा नारायणगढ शाखाका प्रमुख डिल्लीराम तिवारीले बीमा कम्पनि सेवा प्रदायक कम्पनि भएकाले मानवीय अपुरर्णीय क्षती भएपनि आर्थिक क्षती न्युनिकरणका लागी आफ्नो कम्पनीले बीमीतहरुलाई प्रभावकारी रुपमा दावी भुक्तानी गर्दे आएको बताए ।

साथै मृत आत्माको चिर शान्तिको कामना गर्दे सोक परिवार प्रति कम्पनिको तर्फ बाट समवेदना प्रकट गरी एशियन लाईफ इन्स्योरेन्स कम्पनीले एक घर एक बीमा भन्ने नारालाई अगाडी बढाउदै घर दैलो सेवा दिदै आईरहेको समेत जानकारी गराए । ३६ अर्ब जीवन बीमाकोष रहेको यस कम्पनीमा नेपालै भरी १५१ बटा शाखा रहेको छ ।

 

१० महिना अगाडि

प्रतिक्रिया