हिमालयन एभरेष्टको संचालकमा पन्त

१० महिना अगाडि

काठमाडौँ - हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको संचालकमा अभिलाशा पन्त शर्मा नियुक्त भएकी छिन् ।

कम्पनीको २९औं वार्षिक साधारण सभाबाट लक्ष्मी बैंकको तर्फबाट भारती पाण्डे संस्थापक संचालक पदमा मनोनित भएकोमा निजले व्यक्तिगत कारण देखाई सो पदबाट राजिनामा दिएकोमा उक्त पदमा अभिलाशाख पन्त शर्मालाई चयन गरिएको हो ।

पाण्डेले सो पदमा रहि निरन्तरता दिन नसक्ने भनि राजिनामा दिई लक्ष्मी बैंकलाई जानकारी गराएकोमा बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने अन्य कोही नभएको पत्र प्राप्त भएअनुसार कम्पनीको जेठ १० गते बसेको संचालक समितिको बैठकले भैसेपाटी, ललितपुर बस्ने शर्मालाई संस्थापक संचालक पदमा चयन गरेको हो ।

१० महिना अगाडि

प्रतिक्रिया