महालक्ष्मी बैंकको नयाँ सुविधा सार्वजनिक

१० महिना अगाडि

काठमाडौँ - ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले ग्राहकको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै बैंकको २९औँ वार्षिकोत्सवका अवसरमा भिसा क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ। 

बैंकले आज जेठ १२ गते शुक्रबारदेखि औपचारिक रुपमा क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच क्रेडिट कार्ड सेवाको उद्घाटन गरेका हुन्। उनले ग्राहकको आवश्यकता, सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसात गर्दै भविष्यमा अझ अत्याधुनिक सरल, सहज र विश्वसनीय बैंकिङ सेवाको पहुँच सारा नेपाली जनतामा पुर्याउने प्रतिबद्धतासमेत व्यक्त गरे। 

क्रेडिट कार्ड प्रयोगकर्ताले प्वइन्ट अफ सेल (पीओएस मेसिन), अनलाइन कारोबार तथा भिजा कार्ड स्वीकार गर्ने एटीएमबाट सजिलै नगद झिक्न, पीओएसमार्फत भुक्तानी गर्न र वस्तु वा सेवाहरु खरिद गर्न सक्नेछन्। 

कार्डमार्फत नगद झिक्दा, अनलाइन भुक्तानी गर्दा र वस्तु वा सेवाहरु खरिद गर्दा अधिकतम ४५ दिनसम्म ब्याज नलाग्ने, क्रेडिट कार्ड सिमा १५ हजार देखि ५ लाखसम्म पाउने तथा नेपाल  भारत र भुटानमा सजिलै प्रयोग गर्न सकिनेजस्ता विशेषता क्रेडिट कार्ड सेवामा उपलब्ध छन्।

 

१० महिना अगाडि

प्रतिक्रिया