रोजगार मेला आयोजना गर्दै उद्योग वाणिज्य महासंघ

१० महिना अगाडि

काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौँमा दुई दिने रोजगार मेला आयोजना गर्ने भएको छ । महासंघले यहि जेठ १६ र १७ गते महासंघको सचिवालय, टेकुमा मेलाको आयोजना गर्ने भएको हो । रोजगार मेलाको जेठ १६ गते बिहान १० बजे उद्घाटन गरिने महासंघले जनाएको छ । रोजगार मेला नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सहयोगमा आयोजना हुन लागेको हो । रोजगार मेलामा रोजगार सेवा केन्द्र एवं मेरो जबको प्राविधिक सहायता रहने छ । 

 मेलामा काठमाडौँ र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, महासंघका सदस्य भक्तपुर र ललितपुर उद्योग वाणिज्य सङ्घको सहकार्य रहने छ । कामको खोजीमा रहेका युवाहरूलाई प्रमुख कम्पनीहरूमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयाँ अवसरहरूको खोजी गर्न सघाउने, आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला आयोजना गर्न लागिएको आयोजक महासंघले जनाएको छ । 

 रोजगार मेलामा एक सयभन्दा बढी कम्पनीहरूको सहभागिता रहने छ भने मेलामा कामको खोजीमा रहेका ५ हजारभन्दा बढी युवाहरूलाई अवलोकन गराउने लक्ष्य आयोजक पक्षले राखेको छ । कार्यक्रममा रोजगारी, सीप एवं जनशक्ति विकास लगायतका विषयमा विभिन्न परामर्श सेसनहरू समेत चलाइने छ । 

१० महिना अगाडि

प्रतिक्रिया