तोरीको तेल तस्करी गर्नेलाई कारबाहीको चेतावनी

१ बर्ष अगाडि

काठमाडौँ - वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अवैध रूपमा तोरीको तेल ल्याउनेलाई कारबाहीको चेतावनी दिएको छ । सीमा नाकामा तोरीको तेल तस्करीको सूचना आएकाले यस्तो कार्यमा कोही संलग्न भएको पाइएमा कारबाहीको चेतावनी विभागले दिएको हो ।

 ‘सरकारका सम्बन्धित निकायहरूबाट कानुन बमोजिमको इजाजत नलिई गुणस्तरहीन तोरीको तेल अवैध तरिकाले भित्र्याएर तराईका बजारहरूमा बिक्री वितरण भइरहेका छन्,’ विभागको विज्ञप्तिमा लेखिएको छ, ‘यसबाट नेपाली उद्योगहरू बन्द हुने स्थितिमा पुगेको उद्योग सङ्घले बताएको छ ।’

 सङ्घको आग्रहअनुसार सम्बन्धित निकायमा अनुगमनका लागि पत्र पठाइसकेको र अवैध आयात भएको पाइएमा कानुन बमोजिम कारबाही गर्ने विभागले चेतावनी दिएको छ । ‘अवैध रूपमा नेपाल भित्रिएको कुनै पनि सामग्री कहीँ कतै सञ्चय ढुवानी, थोक वा खुद्रा बिक्री वितरण नगर्न र नगराउन सबैमा जानकारी गराउँदै कहीँ कतै सो गरिएको फेला परेमा उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही हुनेछ,’ विज्ञप्तिमा लेखिएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया