नेपालले गर्यो ३९ करोडको यार्सागुम्बा निर्यात

१० महिना अगाडि

काठमाडौँ - चालू आर्थिक वर्ष २०७९/८० को यस अवधिमा नेपालबाट ३९ करोड रुपैयाँभन्दा धेरै मूल्यको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्मको अवधिमा नेपालबाट ३९ करोड ९९ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको हो ।

 यस अवधिमा नेपालबाट ६१७ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । नेपालबाट निर्यात हुने यार्सागुम्बा विश्वका दर्जन मुलुकमा जान्छ । सबैभन्दा धेरै हङकङमा १८ करोड ८७ लाख रुपैयाँको निर्यात भएको छ भने कम्बोडियामा १२ करोड २७ लाख रुपैयाँको निर्यात भएको छ ।

 भियतनाममा ४ करोड ४३ लाख, अमेरिकामा १ करोड १४ लाख, सिंगापुरमा १ करोड ३१ लाख र मलेसियामा ८० लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको तथ्यांक छ । यसबाहेक, चीन, फ्रान्स, जर्मनी र इटालीमा समेत यार्सागुम्बा निर्यात हुने गरेको छ ।
 

१० महिना अगाडि

प्रतिक्रिया