‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि प्रधानलाई

१० महिना अगाडि

काठमाडौँ - मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि श्रीच्छा प्रधानले जित्नुभएको छ ।

गोदावरीमा आयोजित अन्तिम प्रतिस्पर्धामा २३ वर्षीया प्रधानलाई अघिल्लो वर्षकी मिस नेपाल प्रियङ्का रानी जोशीले ताज लगाइदिनुभयो । प्रतियोगितामा २४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।

प्रधानले ‘फेस अफ द इयर’ र ‘मिस डीएचआई’ सह विधामा आफूलाई अब्बल सावित गर्नुभयो । मिस नेपाल विजेता प्रधान काठमाडौँकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत विद्यार्थी हुनुहुन्छ ।

प्रतियोगितामा रैना मजगैयाँले ‘मिस नेपाल अर्थ’को उपाधि हात पार्नुभएको छ भने प्रसिद्धी शाहले ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि जित्नुभयो । समारोहमा १२ सह विधाका विजेता समेत घोषणा गरियो ।

मिस नेपालको आयोजना द हिडन ट्रेजरले वर्षेनी गर्ने गरेको छ । यस वर्ष नयाँ मिस नेपाल घोषणा गरिए पनि आगामी विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल २०२२ जोशीले नै सहभागिता जनाउनुहुनेछ । नयाँ मिस नेपाललाई अर्को वर्षको मिस वर्ल्डमा पठाइने कम्पनीले जानकारी दिएको छ ।

१० महिना अगाडि

प्रतिक्रिया