आज सङ्घीय संसद्को संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसूची

१० महिना अगाडि

काठमाडौँ - आज सङ्घीय संसद्को संयुक्त बैठक बस्दै छ । 

सङ्घीय संसद् अन्तरगतको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्न लागेको हो । 

सङ्घीय संसद् भवन, वानेश्वरमा सो बैठक बस्न लागेको हो । बैठक बिहान ११ः०० बजे बस्नेछ ।  

आजको बैठकमा ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन)नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्ताव’ हुनेछ । उक्त प्रस्ताव सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदाका सभापति ध्रुवबहादुर प्रधानले प्रस्तुत गर्नुहुनेछ । 

सो मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरेपछि सभापति प्रधानले सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । 

१० महिना अगाडि

प्रतिक्रिया