भ्रष्टाचारका अनेकौं बहाना

आइतबार, १४ जेठ २०८०, ०८ : ४२

काठमाडौं – गणतन्त्रमा संविधानभन्दा माथि कोही हुँदैन । तर केपी ओलीका बिरुद्ध केही आरोप लगाउन पाईंदैन । उनका बिरुद्ध आरोप लगाउँदा सदन अबरुद्ध हुन्छ । सडकमा चक्का जाम हुन्छ । मानौं उनी गणतन्त्रका राजा हुन । पशुपतिको जलहरी काण्डमा त्यस्तै भयो । उनी प्रधानमन्त्री हुँदा एउटा थेगो नै थियो – भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न । तर व्यवहारमा भ्रष्टाचारका ठूला ठूला काण्ड उनकै पालामा भए । त्यस्तै एउटा काण्ड हो  Legal Interception Equipmentफोन कल रेकर्ड गर्ने मेसिन खरिद प्रकरण ।
नेपालको संविधान र कानुन बमोजिम LI  equipment निषेध छ । केपी ओली प्रधानमन्त्री हुँदा सो मेसिन खरिद गरियो । एक विश्वस्त सुत्रका अनुसार ८ करोड पर्ने उक्त मेसिन २८ करोडमा खरिद गरियो । सो यन्त्र अस्गर अलिको कम्पनीले मगाएको सुत्र बताउँछ । जुन प्रयोजनको लागि खरिद गरिएको हो त्यसमा प्रयोग नगरेर उक्त मसिन त्यत्तिकै थन्काइएको छ । प्रयोग नै नहुने मेसिन किन खरिद गरियो र त्यसको भुक्तानी कुन स्रोतबाट गरियो । यसको फाइल उठाउने देखि सदर गर्ने सम्मलाई कारबाही गर्नुपर्ने सम्बद्ध स्रोत बताउँछ ।
सबैभन्दा सुशासनको कुरा गर्ने कार्यकारी प्रमुखकै शासनकालमा भएको यो त प्रतिनिधि घटना मात्र हो । भ्रष्टाचारका काण्डहरु श्रृंखलाबद्ध रुपमा आजको अर्थले प्रकाशन गर्दै जानेछ । 

आइतबार, १४ जेठ २०८०, ०८ : ४२

प्रतिक्रिया