विक्रमबाबु विश्वकर्माको नयाँ रचना अचार आँपैको बजारमा

१० महिना अगाडि

काठमाडौँ  - पछिल्लो समय दर्शक श्रोताको ओठमा झुण्डिरहने र मनमा बसिरहने शब्द कोर्न माहिर सर्जक विक्रमबाबु विश्वकर्माको नवीनतम रचना अचार आँपैको बजारमा सार्वजनीक भएको छ । 

दिपक दर्लामी मगर र विष्णु मगरको स्वर रहेको गीतमा शिव कनौजे मगरको लय रहेको छ भने विश्वास नेपालले सङ्गीत संयोजन गरेका छन् । अचार आँपैको गीतको अडियो सुमन राना र खुमन रानाको रेकर्डिङ तथा कुमार रानाको मिक्सिङ्ग मास्टरीङ्गमा मारुनी स्टुडियोमा तयार भएको हो ।

 ईश्वर बाबुको निर्देशन अनि सम्पादन,करन चैसिरको छायाकंन र विकास ज्ञवालीको रङ्ग संयोजनमा तयार गीतको भिडियोमा विक्रमबाबु विश्वकर्मा र यशु भट्टराईसँगै सुवर्ण दुलाल,शिबाङ्गी क्षेत्री,अनिल सुनार,सङ्गीता सुनार लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । 

B3 Entertainment नामक युट्युब च्यानलबाट सार्वजनिक गीत अचार आँपैकोले दर्शक श्रोताको भरपुर माया पाउनेमा सम्पूर्ण टिम विश्वस्त रहेको छ ।

 

१० महिना अगाडि

प्रतिक्रिया