काठमाडौँ- साताको पहिलो दिन नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ।
आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावल सुन १ लाख ८ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावल सुन १ लाख ८ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३४५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया