विश्वविद्यालयहरु अनुसन्धानका केन्द्र बन्नुपर्छ : प्रधानमन्त्री

आइतबार, १४ जेठ २०८०, १५ : ३३

काठमाडौं –  प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले नेपाल राष्ट्रिय प्राद्यापक संगठनको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै विश्वविद्यालयलाई आविस्कार र अनुसन्धानको केन्द्रको रुपमा विकास गर्न जरुरी रहेको बताएका छन् ।
सम्बोधनका क्रममा उनले अनुसन्धानमा आधारित मौलिक  उच्चशिक्षाको आवश्यकता रहेको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने – “प्राज्ञिक क्षेत्रमा तपाईहरुले विकास र रुपान्तरणका कैयन सैद्धान्तिक र दार्शनिक पक्षको चर्चा  गर्न आवश्यक छ । विश्वका कतिपय अनुभव, सिद्धान्त र दर्शनलाई नेपाल सुहाउँदो विकास र परिवर्तनको मोडेलको खोजीका लागि विश्व विद्यालय तहमा अनुसन्धान जरुरी छ र तपाई प्राध्यापकहरु अनुसन्धानमा केन्द्रीत हुनुपर्दछ ।” प्रधानमन्त्रीले आफ्नो पार्टीको जन वर्गीय संगठनमध्ये प्राध्यापक मोर्चा निकै कमजोर रहेको प्रति आयोजकहरुको ध्यानाकर्षण गराए । उनले अगाडि भने – स्थापनाको १५ वर्षपछि बल्ल प्रथम अधिवेशन गर्न प्राध्यापक संगठन सक्षम भएको छ । मलाई त यो संगठन अस्तित्वकै संकटमा छ कि भन्ने लागेको थियो । तर आज प्रथम अधिवेशनमा उपस्थित हुन पाउँदा खुशी लागेको छ । संगठनमा व्यापक असmभलदारी र विवाद रहेको मेरो जानकारीमा छ । तपाईहरु सबै एकतावद्ध भएर अगाडि बढ्नुस् । मैले महासजिवलाई पनि एकीकृत नेतृत्व निर्माण गर्न सुझाव दिएको छु ।

शैक्षिक बेरोजगारी राष्ट्रको मूल समस्या भएको बताउँदै देशभित्रै उद्यमशील वातावणको निर्माण गरी रोजगारी सिर्जना, स्वरोजगारी र समृद्धि हासिल गर्ने उच्चशिक्षाका पाठक्रमहरु निर्माण गर्नेतर्फ प्राध्यापकहरुले ध्यान दिनुपर्ने उनले बताए ।

विश्वविद्यालयहरु पठ्यक्रमहरु र पठनपाठनहरु सूचना प्रविधिमा आधारित हुँदा मात्रै यस युग सुहाउँदो जनशक्ति निर्माण गर्न सकिने प्रधानमन्त्रीले बताए ।

देशमा व्यप्त संस्थागत भ्रष्टाचारले आर्थिक क्षेत्र थिलथिलो परेको बताउँदै सरकार भ्रष्टाचार निर्मुल गर्दै सुशासन कामय गर्न लागिपरेको प्रधानमन्त्रीले बताए ।

साथै, प्रधानमन्त्री प्रचण्डले सरकार भर्खरै पारित गरेको नीति तथा कार्यक्रम अनुसारको बजेट निर्माणमा लागेको जानकारी दिए । उच्चस्तरिय शिक्षा आयोग गठन गरेर शिक्षा क्षेत्रका तमाम समस्यालाई समाधान गर्नुपर्ने उनले बताए ।

जटिल परिस्थितिकाबीच नीति कार्यक्रम पारित गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम अनुसारकै बजेट ल्याउने तयारीमा सरकार लागेको बताए ।
प्रधानमन्त्रीले बोल्दै गर्दा दुक्षर्् पटक बत्ती गएर रोकिनु परेको थियो । यसबाट व्यवस्थापनको कमजोरी र लापर्बाही सतहमा आएको थियो ।

आइतबार, १४ जेठ २०८०, १५ : ३३

प्रतिक्रिया