‘लक्ष्मी भ्यालु फन्ड–२’का इकाइहरु बिक्री गर्न सेबोनले दियो अनुमति

आइतबार, १४ जेठ २०८०, १७ : १५

काठमाडौँ- नेपाल धितोपत्र बोर्ड (सेबोन) ‘लक्ष्मी भ्यालु फन्ड–२’का इकाइहरु बिक्री गर्न अनुमति दिएको छ। 

सेबोनले गत जेठ ८ गते यो म्युचुअल फन्डका इकाइहरु बिक्री खुला गर्न अनुमति दिएको हो। 

योसँगै अब यो योजनाका ८० करोड रुपैयाँबराबरको इकाइ बिक्री खुला गरिनेछ। जसअनुसार १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाइको सार्वजनिक निष्कासन गरिनेछ। 

लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने यो योजनाको कोष प्रवर्द्धकमा लक्ष्मी बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट रहेको छ। 

यो बन्दमुखी योजना हो। 

 

आइतबार, १४ जेठ २०८०, १७ : १५

प्रतिक्रिया