सुनको मूल्य स्थिर

सोमबार, १५ जेठ २०८०, ११ : ११

काठमाडौँ- नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ। 

 आज सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै प्रतितोला छापावाल सुन  १ लाख ८ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ८ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाका १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो। 

सोमबार, १५ जेठ २०८०, ११ : ११

प्रतिक्रिया