TVS को चयाम्पियन अफ टेक्नोलोजी अफर अब ३ दिन मात्र बाँकी

१० महिना अगाडि

काठमाडौँ- नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि ले नयाँ बर्षलाई लक्षित गरेर ल्याएको च्याम्पियन्स अफ टेक्नोलोजी अफर सकिन अब ३ दिन मात्र बाँकी रहेको छ ।

नयाँ बर्ष २०८० को अवसर अन्तर्गत TVS ले आफ्ना हरेक बाइकको खरिदमा रु ८०००को स्योर सट क्यास डिस्काउन्ट, स्कुटरको खरिदमा ७००० स्योर सट क्यास डिस्काउन्ट, र अपाचे बाइकको खरिदमा  रु ५००० मुल्य बराबरको हेल्मेट सित्तैमा दिइरहेको छ । त्यसका साथै ण् ५ ब्याजदरको फाइन्यान्स सुबिधा र बाइक एक्सचेन्जमा बजार मुल्य भन्दा १०,००० बढी भ्यालुएसन पनि पाउने अवसर यस अफर मार्फत आफ्ना प्रयोगकर्तालाई उपलब्ध छ । सिमित अवधिका लागि लागु  भएको च्याम्पियन्स अफ टेक्नोलोजी अफर अब भने अन्त्य हुने भएको छ र यस अफरको फाइदा उठाउनका निम्ति प्रयोगकर्ता सँग केवल तीन दिन मात्र बाँकी रहने छ । 

जगदम्बा मोटर्स प्रा।लि।, नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित भएको छ ।
 

१० महिना अगाडि

प्रतिक्रिया