इनिग्माका विद्युतीय स्कुटर बजारमा

सोमबार, १५ जेठ २०८०, १५ : ४४

काठमाडौँ- राइजिङ ट्रेडिङ कम्पनी प्रालिले इनिग्मा ब्रान्डको विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । 

कम्पनीले वातावरणमैत्री मोबिलिटीप्रति सचेत उपभोक्तालाई अन्यको तुलनामा निकै सुपथ मूल्यमा विद्युतीय वाहन उपलब्ध गराउने उद्देश्यले इनिग्माका चार मोडल नेपाली बजारमा सार्वजनिक गरेको हो ।

कम्पनीले सोमबार सार्वजनिक गरेका मोडलमा CRINK, N8, CRINKV1र GT45O PRO  छन् । भारतमा निर्मित इनिग्माका स्कुटरहरु पावर र माइलेजमा बेस्ट इन क्लासु मानिन्छन् । यी स्कुटरको सन्चालन खर्च प्रतिकिलोमिटर २८ पैसाभन्दा कम पर्छ ।

उत्कृष्ट टर्कका लागि ३० एमएम मीटर म्याग्नेट दिइएको यो स्कुटरमा व्याट्रीको लामो आयुका लागि स्मार्ट वीएमएस प्रवधि जडान गरिएको छ। अत्यन्तै कम मर्मत खर्चमा सञ्चालन गर्न सकिने यो स्कुटरमा ३एमएम हाई रोड एबीएस बडी पार्टस् छ। क्रुज कन्ट्रोल, रिभर्स गियर, किलेस राइडिङ, सेन्ट्स लकिड, एन्टी थेष्ट अलार्म सिस्टम, यूएसबी पोर्ट, फाइन्ड माई स्कुटर, जीपीएस ट्रयाकिड, जिओ टयागिङ लगायत विशेषता यी स्कुटरमा छन् ।

सहरी र ग्रामीण दुवै इलाकाका लागि उपयुक्त इनिग्माका विद्युतीय स्कुटरहरु आरामदायी र उत्कृष्ट राइडिङ अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएका छन् ।

स्कुटरका विषयमा टिप्पणी गर्दै कम्पनीका प्रबन्ध निर्देशक अजिज श्रेष्ठ भन्नुहुन्छ, पावर र पर्फर्मेन्समा प्रतिस्पर्धी सरहका स्कुटर सुपथ मूल्यमा उपलब्ध गराउने हाम्रो उद्देश्य हो । त्यसैले हामीले भारतको लोकप्रिय ब्रान्ड यहाँ ल्याएका छौं। भारतबाट आयातित स्कुटर भएकोले सपोर्ट सिस्टम राम्रो रहेको र पार्टपुर्जाहरु सजिलै पाइने पनि उहाँने बताउनुभयो । उहाँका अनुसार CRINK PRO को रु२,९५,००० रुपैया, N8 को २,५०,००० रुपैया, CRINKV1 को २,६०,००० रुपैयाँ र GT 450 PRO को २,३५,००० रुपैया मूल्य तोकिएको छ । उपरोक्त मुल्य सिमित अवधिको लागी मात्र तोकिएको कम्पनीले जनाएको छ ।

 

सोमबार, १५ जेठ २०८०, १५ : ४४

प्रतिक्रिया