गणतन्त्र पश्चात बिजुली उत्पादनको क्षेत्रमा नेपालको उल्लेखनीय फड्को

१० महिना अगाडि

काठमाडौँ-  नेपालले बिजुली उत्पादनको क्षेत्रमा गणतन्त्र आइसकेपछि मात्रै उल्लेखनीय फड्को मार्न थालेको देखिएको छ । २०६४ सालमा गणतन्त्र घोषणा भएयता बिजुली उत्पादनको क्षेत्रमा अकल्पनीय उपलब्धि मिलेको तथ्याङ्कले देखाएको हो ।


राष्ट्रिय योजना आयोगले गणतन्त्र दिवसको अवसरमा सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार २०६४ सालसम्मको अवधिमा नेपालमा जम्मा ७०० मेगावाट बिजुली उत्पादन हुँदै आएको थियो । तर, त्यसयताको १५ वर्षको अवधिमा २०७९ चैत मसान्तसम्ममा बिजुली उत्पादन बढेर २६ सय ६८ मेगावाट पुगेको छ ।

यसले गणतन्त्रपछिको १५ वर्षको अवधिमा नेपालले बिजुलीको उत्पादनमा उल्लेखनीय फड्को मारेको पुष्टि गर्छ । यस अवधिमा मात्रै राष्ट्रिय प्रसारण लाइनमा १९ सय ६८ मेगावाट बिजुली जोडिएको छ ।

१० महिना अगाडि

प्रतिक्रिया