विदेशबाट फर्किने यात्रुले ल्याउने सुनमा अनौठो नीति अपनाउदैँ सरकार

मंगलबार, १६ जेठ २०८०, ११ : १२

काठमाडौँ- सरकारले विदेशबाट फर्किने यात्रुले ल्याउने सुनमा अनौठो नीति अपनाएको छ। 

सरकारले ल्याएको आर्थिक विधेयक २०८० मा विदेशबाट फर्किने यात्रुले ल्याउने सुनमा महिला र पुरुषका लागि फरक–फरक कर छुटको व्यवस्था ल्याएको हो। 

यसअघि विदेशबाट फर्किने यात्रुले ५० ग्रामसम्मको सुनमा कर नतिरी ल्याउन पाउँथे। अब भने कर छुटमा लिंगका आधारमा फरक–फरक व्यवस्था सरकारले ल्याएको हो। 

नयाँ व्यवस्थाअनुसार अब विदेशबाट फर्किने पुरुषले ल्याउने वा लगाउने सुनमा २५ ग्रामभन्दा बढी भएमा कर तिर्नुपर्नेछ भने २५ ग्रामसम्मलाई कर छुट दिइएको छ।

उता महिलाको हकमा भने ५० ग्रामसम्म सुन ल्याउँदा वा लगाउँदा कर तिर्नु नपर्ने नीति सरकारले लिएको छ। 

 

मंगलबार, १६ जेठ २०८०, ११ : १२

प्रतिक्रिया