'क्लिन अफ प्रिमियर लिग’ क्याम्पियनको सुरुवात

९ महिना अगाडि

काठमाडौं-  मैना देवी फाउन्डेसन नामक संस्थाले बैशाखको दोश्रो हप्ता देखि ‘क्लिन अफ प्रिमियर लिग’ क्याम्पियनको सुरुवात गरेको छ । 

जस अन्तर्गत काठमाडौँ भित्रका १५ ओटा कलेजहरू हरेक हप्ताको शुक्रवार विभिन्न सरसफाई कर्यक्रम गर्दै काठमाडौँ भित्र आफ्नो क्षेत्रमा जनचेतना फैलाउदै सरसफाई गर्दै प्रतिस्प्रर्धा गरिरहेका छन् ।

सामाजिक अभियान्ता सन्तोष बोहराले क्याम्पियनको उदेश्य सरसफाई र जनचेतना फैलाउनु मात्र हैन काठमाडौँको हरेक क्षेत्र लाई नमूना क्षेत्र बनाउँदै काठमाडौँ एउटा नमुना सहरको रुपमा स्थापना गर्नु रहेको बताएका छन् । यो क्याम्पियन को अवधि ६ हप्ता रहेको छ र अहिले सिपिएलले पाँचौं हप्ता टेकिसकेको समाजिक अभियान्ता सन्तोष बोहराले जानकारी दिए ।

सो  क्याम्पियनमा बसुन्धारास्थित साउथ वेस्टन स्टेट कलेजको पनि सहभागिता रहेको छ । यसका साथै, कलेजले  हालसम्म सामाखुसी, बसुन्धारा क्षेत्र , स्वयम्बुनाथ स्तुपा, पशुपतिनाथ लगायतका क्षेत्र हरुमा विभिन्न जनचेतनमूलक कार्यक्रमहरु संचालन गर्दै आएको छ । कलेजले उक्त कार्यक्रम मार्फत पशुपति क्षेत्रका मानिसहरुलाई सरसफाई सम्बन्धी जनचेतना जगाउदैं  फोहोर नगर्न आग्रह गरेका छन् ।

९ महिना अगाडि

प्रतिक्रिया