घट्यो २०० सीसी सेग्मेन्टका मोटरसाइकलमा लाग्ने अन्तःशुल्क

१० महिना अगाडि

 काठमाडौं-  सरकारले बजेट मार्फत २०० देखि २५० सीसी सेग्मेन्टका मोटरसाइकलमा अन्तःशुल्क घटाएको छ । हिजो सार्वजनिक भएको आर्थिक वर्ष २०८०र८१ को बजेटले २०० देखि २५० सीसी सेग्मेन्टका मोटरसाइकल २० प्रतिशत अन्तःशुल्क घटाएको हो ।

सरकारले यसअघिको तुलनामा २०० देखि २५० सीसीका मोटरसाइकलमा लाग्दै आएको ८० प्रतिशत अन्तःशुल्कलाई घटाएर ६० प्रतिशत बनाएको हो । अन्तःशुल्क नै २० प्रतिशतले घटेपछि बजारमा उपलब्ध यो सेग्मेन्टका मोटरसाइकलमा कम्तीमा २० प्रतिशत मूल्य घट्नु पर्ने हुन्छ ।

सरकारले कर घटाएसँगै यो सेग्मेन्टमा उपलब्ध मोटरसाइकलको मूल्यमा कमी आउने देखिन्छ । अहिले बजारमा चल्तीको मोडलको रुपमा बजाज पल्सर २२० एफ, केटीएम ड्यूक २५०, केटीएम २५० एड्भेन्चर, सुजुकी जिक्सर २५०, डोमिनार २५०, बेनेली लियोन्सीनो २५०, क्रसफायर जस्ता मोडलको मूल्य घट्ने भएको हो ।

१० महिना अगाडि

प्रतिक्रिया