काठमाडौँ - कारोबारको तेस्रो दिन नेप्से सूचक ५३ अंकले घटेर १८८८ विन्दुमा झरेको छ । शेयरबजारमा आज २ अर्ब २३ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
सर्वाधिक आज शिवम् सिमेन्ट्सको २१ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको प्रोमोटर शेयरको १० करोड ११ लाख, नेपाल लाइफको ८ करोड ४ लाख, चिलिमे हाइड्रोपावरको ७ करोड ४ लाख र निफ्राको ५ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
आज शेयर बजारमा उच्च अंकले गिरावट आएसँगै केहि कम्पनीहरको शेयरमूल्य घटेको छ । आज स्वीत गंगा हाइड्रोपावर र सिटिजन्स म्युचुअल १ को शेयरमूल्य सर्बाधिक घटेको छ । यसका साथै, सामुदायिक लघुवित्त, सयपत्री हाइड्रोपावर, आदर्श लघुवित्त लगायतका अन्य कम्पनीको शेयरमूल्य घटेको छ ।
प्रतिक्रिया