क्यानडामा पहिलो पटक दोस्रो स्टार म्युजिक भिडियो अवार्ड सम्पन्न

९ महिना अगाडि

काठमाडौँ – ग्रेट नटराज फिल्मस् प्रा.लि.को आयोजनामा स्टार म्युजिक भिडियो अवार्डको दोस्रो संस्करण क्यानडामा सव्य र भव्य रूपमा सम्पन्न भएको छ ।

मे २८ तारिकमा भएको कार्यक्रममा नेपाल,अमेरिका र क्यानडामै रहेका कलाकर्मीलाई १९ वटा बिधामा अवार्ड प्रदान गरिएको छ भने अवार्ड समारोहमा वरिष्ठ नृत्य निर्देशक कबिराज गहतराज,कलाकार पल्पसा डंगोल,प्रस्तोता नरेश भट्टराई,निर्देशक उज्वल केसीसँगै झन्डै २०० जनाको सहभागिता रहेको थियो ।

स्टार म्युजिक भिडियो अवार्डको दोस्रो संस्करण वितरण समारोहमा गम्भीर बिष्ट,सुवल थापा,सुरेन बस्याल,सुश्मा अधिकारी,दिपासा बि.सी.,मनोज बि।क।लगायतका कलाकारको साङ्गीतिक प्रस्तुति रहेको थियो ।

नेपालबाट बाहिर कलाकार समेत लगेर अवार्ड गर्न निकै गाह्रो हुने परिस्थिति भएको बेला यसरी आफ्नो टिम सफल भएकोमा ग्रेट नटराज फिल्मस् प्रा.लि.का अध्यक्ष अशोक बि।क।ले खुसी व्यक्त गर्दै सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद दिएका छन् ।

आयोजक पक्षले अब छिट्टै अवार्डको तेस्रो संस्करण गर्ने पनि जनाएको छ ।

९ महिना अगाडि

प्रतिक्रिया