शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

१० महिना अगाडि

काठमाडौँ - शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैँछन ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार एन्फा कम्प्लेक्स, सातदोबाटो र च्यासल खेल मैदान, ललितपुरमा ती खेलहरू हुनेछन् । 

च्यासल मैदानमा हुने खेलमा सातदोबाटो यूथ क्लब र मच्छिन्द्र फुटबल क्लबबीचमा प्रतिस्पर्धा हुनेछ भने च्यासल मैदानमा हुने खेलमा थ्री स्टार क्लब र सङ्कटा क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । दुवै खेल दिउँसो ३ः०० बजेबाट सुरु हुनेछ । 

१० महिना अगाडि

प्रतिक्रिया