सनराइज बैंकद्वारा वीरेन्द्रनगरमा सीपमूलक तालिम सञ्चालन

९ महिना अगाडि

काठमाण्डौ – सनराइज बैंकले सुर्खेतको वीरेन्द्रनगरमा दुग्ध उत्पादनसम्बन्धी सीपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले उक्त कार्यक्रम गरेको जनाएको छ ।

स्थानीय तहमा सुुहाउँदो कृषि व्यवसायसम्बन्धी तालिम स्थानीय व्यक्तिहरुलाई प्रदान गरेर उनीहरुको आम्दानी वृद्घिमा मद्दत गर्ने तथा त्यस व्यवसायमा आवश्यक पर्ने बैंकिङ ज्ञान प्रदान गर्ने उद्देश्य साथ यही जेठ ८ गतेदेखि वीरेन्द्रनगरको वडा नं. २ मा ३५ जना महिलाको सहभागितामा पाँचदिने दुग्ध उत्पादनसम्बन्धी सीपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो।

 सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा वीरेन्द्रनगर–२ का कार्यवहाक वडाध्यक्ष गजबहादुर बुढा, विशिष्ट अतिथि सनराइज बैंक कर्णाली प्रदेशका प्रमुख धर्मकुमार विष्ट, बैंकका प्रधान कार्यालयका कृषि कर्जा शाखा अधिकृत सुवास पोखरेल तथा बैंकका वीरेन्दनगर शाखाका शाखा प्रमुख  सुष्मा गिरीको उपस्थिति थियो।

पाँच दिनसम्म चल्ने उक्त  तालिमले महिला कृषकहरुमा दुग्ध पदार्थको उत्पादन वृद्घि, त्यसको बजारीकरण र बचतका बारेमा ज्ञान प्रदान भएको र यसले उनीहरुको व्यावसायिक क्षमतामा वृद्घि गर्ने बैंकले विश्वास लिएको छ।

 

९ महिना अगाडि

प्रतिक्रिया