टीभीएस एनटर्क १२५ को नयाँ भर्सन नेपालमा सार्वजनिक

१० महिना अगाडि

काठमाडौं-  टीभीएस एनटर्क १२५ को नयाँ भर्सन नेपालमा सार्वजनिक भएको छ । कम्पनीले एनटर्क सुपर स्क्वाड एडिशन अन्र्तगतको स्पाइडर म्यान भेरियन्ट सार्वजनिक गरेको हो ।

कम्पनीले २ लाख ८४ हजार ९०० रुपैयाँ निर्धारण गरेर स्पाइडर म्यान भेरियन्ट सार्वजनिक गरेको हो ।

यो स्कुटरमा स्पाइडर ग्राफिक्सको प्रयोग गरिएको छ भने अन्य फिचरमा परिर्वतन गरिएको छैन् ।


टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी जगदम्वा मोटर्सले लिमिटेड यूनिटमात्र नेपालमा भित्र्याएको जनकारी दिएको छ । कम्पनीले केही दिनअघि मात्र एनटर्कको ब्लू एडिशन समेत सार्वजनिक गरेको थियो । एनटर्क ब्लू एडिशनको मूल्य ३ लाख १ हजार ९०० रुपैयाँ रहेको छ ।

१० महिना अगाडि

प्रतिक्रिया