सबिल खान बने आइकन अफ एसिया अवार्ड २०२३’को विजेता

१० महिना अगाडि

काठमाडौं- अरबेन्स नेपाल र रिल्याक्स नेपालका प्रमुख कार्यकारी अधिकृत सबिल खालले ‘आइकन अफ एसिया अवार्ड २०२३’ जितेका छन् ।  

उक्त अवार्ड दुबईको होटल क्राउन प्लाजनामा कार्यक्रम आयोजना गरेको वितरण गरिएको थियो । 
उक्त अवार्डका लागि ४२ देशका विभिन्न कम्पनीबाट सहभागि भएका थिए । नेपालबाट विभिन्न कम्पनीका २५ जनाले अवार्डमा भाग लिएका थिए । उक्त अवार्ड खानको हातमा परेको हो । 

यसका लागि कार्यालयमा नेतृत्व लिन सक्ने क्षमता, सम्पूर्ण टिमलाई परिचालन गर्न सक्ने क्षमता लगायतका मापदण्ड तोकिएको थियो । 
अवार्ड वितरण समारोहमा दुबईको परराष्ट्र मन्त्रालयका केएल गन्जुले उद्यमशिलताका विषयमा आफ्ना विचार व्यक्त गरेका थिए । 

अवार्ड जितेपछि खानले आयोजकलाई धन्यवाद दिँदै आफु अत्यन्तै हर्षित भएको प्रतिक्रिया दिए । आफ्नो लगनशिलता र मिहेनतका कारण उक्त सम्मान प्राप्त गरेको उनको भनाई छ ।


 

१० महिना अगाडि

प्रतिक्रिया