अहिले सम्मकै रेकर्ड ब्रेक गर्दै सुनको भाउ

विहीबार, १८ जेठ २०८०, ११ : ००

काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको भाउ फेरि नयाँ उचाइ चुमेको छ। 

 आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

सुनको आजको भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो। यसअघि हिजो बुधबार सुनको भाउले नयाँ कीर्तिमान बनाएको थियो। यो दिन तोलामा १ हजार ५०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन१ लाख १२ हजार रुपैयाा र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर ४१० रुपैयाँ कायम भएको थियो। हिजो पनि तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो। 

 

विहीबार, १८ जेठ २०८०, ११ : ००

प्रतिक्रिया