काठमाडौँ - कारोबारको अन्तिम दिन आज नेप्से सुचक १६.५४ अंकले बढेर १८६६ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै जोशी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ । त्यस्तै, विपिडब्लु लघुवित्त, एशियन हाइड्रोपावर, पाँचथर पावर कम्पनी लगायतका अन्य कम्पनीको शेयरमूल्य बढेको छ ।

शेयर बजार दोहोरो अंकले बढेतापनि केहि कम्पनीहरको शेयरमूल्यमा गिरावट आएको छ। आज सनराइज फोकस्ड इक्युटी फण्डको शेयरमूल्य सर्वाधिक घटेको छ । त्यस्तै, आत्मनिर्भर लघुवित्त, माइ खोला हाइड्रोपावर, नबिल ब्यालेन्स्ड फण्ड, सामुदायिक लघुवित्त लगायत अन्य कम्पनीको शेयरमूल्य घटेको छ ।

प्रतिक्रिया