जिहो इलेक्ट्रीक स्कुटर नेपालमा बिक्री सुरु

विहीबार, १८ जेठ २०८०, १६ : २२

काठमाडौं-  सीएफ मोटोको उत्पादन जिहो इलेक्ट्रीक स्कुटर नेपालमा बिक्री सुरु भएको छ । सीएफ मोटोको आधिकारिक वितरक अन्ना इन्टरनेशनलले जिहो एई-८ इलेक्ट्रीक स्कुटरको बिक्री सुरु गरेको हो ।
कम्पनीले जिहो एई-८ को दुई महिना अघिदेखि बुकिङ खुल्ला गरेको थियो । कम्पनीले जिहो एई-८ को मूल्य ४ लाख ९० रुपैयाँ निर्धारण गरेको छ ।

अन्ना इन्टरनेशनलले नयाँ कम्पनी रिलायन्स ग्रुपसँगको सहकार्यमा सीएफ मोटरसाइकल तथा जिहो इलेक्ट्रीक स्कुटर विक्री गर्दै आएको छ ।

विहीबार, १८ जेठ २०८०, १६ : २२

प्रतिक्रिया