सुनको भाउ हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?

शुक्रबार, १९ जेठ २०८०, ११ : ०१

काठमाडौँ- नेपाली बजारमा शुक्रबार पनि सुनको भाउ नयाँ उचाइ पुगेको छ। 

 आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

सुनको भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो। 

हिजो प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। जुन हालसम्मकै उच्च थियो। 

यो सातामात्रै सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढेको छ। गत शुक्रबार प्रतितोला छापावाल सुन १ लाख ८ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। 

सरकारले सुनको भन्सार दर बढाएका कारण सुनको भाउ लगातार बढिरहेको छ। 

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४३५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो। 

शुक्रबार, १९ जेठ २०८०, ११ : ०१

प्रतिक्रिया