घोराही सिमेन्टद्धारा शेयर खरिद कार्यमा आभार व्यक्त

शुक्रबार, १९ जेठ २०८०, १२ : ११

काठमाडौँ- घोराही सिमेन्ट इन्डष्ट्रीले वैशाख १९ देखि जेठ २ गतेसम्म आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि सेयर बिक्री खुल्ला गरेको यहाँहरू सबैलाई अवगत नै छ । सोही क्रममा शेयर खरिद कार्यमा यहाँहरूले देखाउनु भएको उत्साहपूर्ण सहभागिता प्रति घोराही सिमेन्ट आभारी व्यक्त गरेको छ । 

कम्पनीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता बराबरको सेयर जारी गर्ने छ । जसमध्ये ३ लाख ९७ हजार १९० कित्ता सेयर आयोजना प्रभावितका लागि आरक्षित रहेको थियो । सो सेयर खरिदका लागि प्रभावित क्षेत्रका बासिन्दाले देखाउनु भएको सहभागिता हाम्रो लागी महत्त्वपूर्ण रह्यो ।
त्यसैगरी, वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूका लागि ७ लाख ५४ हजार ६६१ कित्ता सेयर छुट्याइएको थियो । सो सेयर खरिदका लागि देश बाहिर रहनुभएका वैदेशिक सेयर खरिदकर्ताले देखाउनु भएको उत्साहले हामीलाई थप हौसला बढाएको छ ।

नेपालको औद्योगीकरण र व्यापार प्रवर्धनमा उल्लेखनीय योगदान पुर्‍याउँदै राष्ट्रको विकाशमा हातेमालो गर्ने लामो इतिहास बोकेका प्रख्यात त्रिवेणी समूहबाट प्रवर्धित यस घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेड, क्लिंकर उत्पादन क्षमता र गुणस्तरीय सिमेन्ट उत्पादकका रुपमा स्थापित कम्पनी हो । यो उद्योगको यसअघि क्लिंकरको वार्षिक क्षमता १९ सय टन र ग्राइन्डिङ क्षमता वार्षिक २२ सय टन रहेकोमा हाल  उद्योगले क्षमता विस्तार गर्दै क्लिंकर क्षमता वार्षिक ३ हजार टन पुर्‍याएको यहाँहरूलाई जानकारी गराउन पाउँदा हामीले गौरवान्वित महसुस गरिरहेका छौँ । 

यो कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणको लागि जारी गर्ने शेयर खरिद कार्यमा आम लगानीकर्ताको सक्रिय र उत्साहपूर्ण सहभागिता हुनेछ भन्ने हाम्रो विश्वास छ । यहाँहरूको निरन्तर साथ, सहयोग र सद्भाव हामीलाई प्राप्त हुने नै छ भन्ने विश्वास गर्दै पुनः समग्र सेयर खरिदकर्ताहरू प्रति आभार सहित धन्यवाद ज्ञापन समेत गरेको छ ।
 

शुक्रबार, १९ जेठ २०८०, १२ : ११

प्रतिक्रिया