लघुवित्त विरुद्धको संघर्ष समितिद्वारा आन्दोलन स्थगित गर्ने घोषणा

शुक्रबार, १९ जेठ २०८०, १२ : ४२

काठमाडौं-  लघुवित्त वित्तीय विरुद्धको संघर्ष समितिले एकवर्षदेखि लघुवित्त संस्थाको खारेजीको माग गर्दै आइरहेको आन्दोलन स्थगित गरेको छ । 

संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले एक प्रेस विज्ञप्ति जारी गर्दै जेठ १८ गतेदेखि नै आन्दोलन स्थगित गरेको जनाएको हो ।

देशको समग्र देशको आर्थिक अवस्था नियाल्दा र राज्य प्रतिको जनताको दायित्व बोध गर्दा समितिले आफुहरुको आन्दोलन सफल अवतरण गर्नु पर्ने मनन गरी २०७९ जेठ १८ गतेदेखि नै गर्दै आइरहेको आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो ।

लघुवित्त विरुद्धको संघर्ष समितिले उनीहरुको ध्येय र उद्देश्य नेपालको आर्थिक विकास नै रहेको र उक्त आर्थिक विकासमा आफुहरुको आन्दोलनले नकारात्मक असर परेको बताउँदै आन्दोलन स्थगित गरेको हो । साथै विज्ञप्तिमार्फत समितिले भनेको छ, ‘हामीले राम्रो उद्देश्य सहित सुरु गरेको आन्दोलन विभिन्न व्यक्ति तथा समुहहरुले तथाकथित हल्ला र अफवा फैलाई वितृष्ण फैलाउने र आर्थिक सहयोगको नाममा नेपाली जनतामाथि चन्दा आतंक फैलाउनेको हिसाव किताब हामीले राखेका छौं ।’

साथै समितिका अध्यक्ष ज्ञवालीले विज्ञप्ति मार्फत सम्पूर्णलाई लघुवित्त वित्तीय संस्थाको रोकेको सम्पूर्ण कर्जाको साँवा तथा व्याज समयमा भुक्तानी गर्न लिएको कर्जाको सदुपयोगीता गर्न, वचत गर्ने बानीको विकास गर्न अनुरोध गरेका छन् । साथै समितिले नेपाल राष्ट्र बैकले विभिन्न समयमा जारि गरेको निति, नियम वमोजिम पारदर्शी हिसावले नेपाली जनतालाई सेवा गर्न लघुवित्त संस्थाहरुलाई समते अनुरोध गरेको छ ।

शुक्रबार, १९ जेठ २०८०, १२ : ४२

प्रतिक्रिया