एक कम्पनीको बोनश शेयर खातामा जम्मा

शुक्रबार, १९ जेठ २०८०, १३ : ५८

काठमाडौँ  - प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश बापत वितरण गरेको बोनश शेयर हितग्राहीको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीको २७ औँ वार्षिक साधारण सभाबाट पारित भएको ६ दशमलव ७० प्रतिशत बोनस शेयर हितग्राहीको खातामा जम्मा गरेको हो ।

कम्पनीको फागुन २३ गतेको सभाले गत आर्थिक वर्षको मुनाफाबाट ६.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको थियो ।

शुक्रबार, १९ जेठ २०८०, १३ : ५८

प्रतिक्रिया