काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंकले ‘सांग्रिला साइकल र्याली २०८०’ को आज आयोजना गरिएको छ ।
बैंकले बालुवाटारस्थित केन्द्रीय कार्यालय अगाडिबाट ‘सांग्रिला साइकल र्याली २०८०’ सुरुवात गरेको हो । सोमबार परेको विश्व वातावरण दिवसको अवसरमा डिबिएनको सहयोगमा सांग्रिला डेभलपमेन्ट बैंकले साइकल र्यालीको आयोजना गरेको हो ।
पछिल्लो समय बिग्रदै गएको वातावरणलाई स्वच्छ राख्न र काठमाडौंलाई ग्रिन र क्लिन सिटी बनाउनुपर्छ भन्ने सन्देश दिनका लागि साइकल र्यालीको आयोजना गरिएको सांगिला डेभलपमेन्ट बैंकका सीईओ सुयोग श्रेष्ठले बताएका छन् । ‘अहिले दिनप्रतिदिन हाम्रो वातावरण दुषित हुँदै गएको छ । सहरमा धुँवा, धुलो बढिरहेको छ ।’, सीईओ श्रेष्ठले भने, ‘काठमाडौंमा साइकलको संख्या बढाउनुपर्छ र वातावरण स्वच्छ राख्नुपर्छ भन्ने सन्देश दिन खोजेका हौँ।’
र्यालीले शहरका मुख्य भागको परिक्रमा गरेको छ ।
प्रतिक्रिया