महाकालेश्वरको धार्मिक कार्यक्रम सांस्कृतिक कूटनीति हो : प्रधानमन्त्री दाहाल

१० महिना अगाडि

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणका क्रममा भारतको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा गेरुवस्त्र लगाएर धार्मिक कार्यक्रममा सहभागी हुनु सांस्कृतिक कूटनीतिको प्रतीक भएको बताउनुभएको छ ।

भारतको चार दिने चौपचारिक भ्रमण सम्पन्न गरेर स्वदेश फर्किनुभएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा महाकालेश्वर मन्दिरको धार्मिक कार्यक्रमबारे स्पष्ट पार्नुभएको हो ।

उहाँले भन्नुभयो, “महाकालेश्वर मन्दिरमा मुख्य अतिथिले गेरुवस्त्र लगाउनुपर्ने प्रोटोकल रहेछ । मैले लगाउन नमान्ने हो भने भारतका जनताको मनमा चिसो पस्ने भो प्रधानमन्त्रीप्रति । यो एउटा सांस्कृतिक कूटनीतिको रूपमा किन नबुझ्ने ? ”

उहाँले धर्मनिरपेक्षताका नाममा धर्म विरोधी हुन नहुनेसमेत बताउनुभयो । “म मनैदेखि धर्मनिरपेक्षतावादी हो । तर धर्मनिरपेक्ष भनेको धर्म विरोधी हैन नि ! सबै धर्मलाई समान व्यवहार गर्ने र राज्यले कुनैलाई काखापाखा गर्ने हुँदैन”, उहाँले भन्नुभयो, “म कम्युनिष्ट मात्र होइन प्रधानमन्त्री पनि हो । सबैलाई समेट्नुपर्छ, सबै धर्म र समुदायको सम्मान गर्नु हामी सबैको दायित्व हो ।”

उज्जैनस्थिल धार्मिक पर्यटकीयस्थलको चर्चा गर्दै उहाँले नेपालमा पनि धार्मिक पर्यटकीय क्षेत्रको विकासमा सरकारले जोड दिएको बताउनुभयो ।

१० महिना अगाडि

प्रतिक्रिया