सुनको भाउमा भारी गिरावट, आज कतिमा हुदैँछ कारोबार ?

आइतबार, २१ जेठ २०८०, १० : ५०

काठमाडौँ-  साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउमा गिरावट आएको छ। 

 सुनको भाउ आज एकैदिन तोलामा १ हजार ७०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

गत शुक्रबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावपाल सुन १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी सु्न १ लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो। सुनको यो भाउ हालसम्मकै उच्च हो। 

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ४३५ रुपैयाँमा किनबेच भएको थियो। 

 

आइतबार, २१ जेठ २०८०, १० : ५०

प्रतिक्रिया