रोयल इनफिल्डको नयाँ मोटरसाइकल स्क्रायाम–४११ नेपालमा

९ महिना अगाडि

काठमाडौं-  अल्फा अटोमोटिभ्सले रोयल इनफिल्डको नयाँ मोटरसाइकल स्क्रायाम–४११ नेपाल ल्याएको छ । कम्पनीले नेपालमा नै एसेम्बल यूनिट चलाउने तयारी गरिरहेको समयमा नयाँ मोडललाई पनि प्राथमिकता दिएर ल्याएको हो ।

भारतीय बजारमा सन् २०२२ को पहिलो क्वाटरमा नै बिक्री सुरु भएको यो नयाँ मोटरसाइकल एक वर्षपछि नेपाल आएको हो ।

रोयल इन्फिल्डको नयाँ मोटरसाइकल झट्ट हेर्दा यसअघि बिक्री गर्दै आएको हिमालयन जस्तो देखिएपनि हिमालयनको तुलनामा सस्तो हुने अनुमान गर्न सकिन्छ । तर, यसको मूल्य घोषणा भइसकेको छैन । आज एक कार्यक्रमका बीच यसको मूल्य घोषणा हुने अनुमान गरिएको छ ।


यसलाई कम्पनीले एड्भेन्चर र क्रुजको फ्यूजनको रुपमा बजारमा ल्याएको छ । तस्विरमा देखिए अनुसार हिमालयमा भएको जस्तो अग्लो विन्ड स्कीन, स्प्लीट सिट, स्टायडर्ड लगेज र्याक, अग्लो फ्रन्ट ह्वील यसमा देखिदैन ।

यसमा ४११ सीसी क्षमताको सिंगल सिलिण्डर, एसओएचसी इन्जिनको प्रयोग भएको छ । उक्त इन्जिनले अधिकतम २४.३ बीएच पावर र ३२ एनएम टर्क प्रदान गर्छ । प्रतिलिटर ३८ किलोमिटर माइलेज दिने दावी गरिएको यो मोटरसाइकलको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ ।

९ महिना अगाडि

प्रतिक्रिया