शान्तिराम भट्टराईको ‘चन्द्र सूूर्य’ बोलको राष्ट्रिय गीत सार्वजनिक

११ महिना अगाडि

काठमाडौं-  शान्तिराम भट्टराईको शब्द रचना रहेको ‘चन्द्र सूूर्य’ बोलको राष्ट्रिय गीत सार्वजनिक भएको छ । नेपालीहरुको बिरता र इतिहासलाई समेटेको सो गीत ‘आमा पवित्रा इन्टरटेनमेन्ट’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

उक्त ‘चन्द्र सूूर्य’ बोलको गीतले देशप्रतिको माया र सद्भावलाई उजागर गरेको छ । पछिल्लो समय आम नयाँ पुस्ताहरुलाई देशको स्वाभिमान माया, एकता तथा गोर्खाली बिरताको बारेमा देखाएको छ ।

शान्तिराम भट्टराईको शब्द रचना रहेको सो गीतमा संगित, ऐरेन्ज र रेकर्डिङ विपिन आर्चायको रहेको छ । गीतमा सुमित खड्का र प्राश्ना शाक्यको स्वर रहेको छ । उक्त गीतको रेकर्डिङ एमबि म्युजिक सामाखुशी, काठमाडौं गरेको निर्माताले जानकारी दिएका छन् ।

उक्त गीतको दुश्य निर्माण लाल्टिन पिक्चर्स नयाँ बानेश्वरले गरेको हो भने सम्पादन ओम प्रकाश अवस्थीले गरेका हुन् ।

११ महिना अगाडि

प्रतिक्रिया