निर्जीवन बीमा कम्पनीहरुले कति आर्जन गरे बीमा शुल्क

आइतबार, २१ जेठ २०८०, १५ : १६

काठमाडौं- निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको बैशाखसम्ममा ३२ अर्बमाथि कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

बीमा प्राधिकरणको तथ्याङक अनुसार कम्पनीहरुले यस अवधिसम्मा ३२ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।यस अवधिसम्मा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले बीमा व्यवसाय गर्न सफल भएको छ।

कम्पनीले यस त्रैमासको अवधिसम्मा ४ अर्ब ४२ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

दोस्रोमा सलिको र तेस्रोमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्स कम्पनी रहेको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ७३ करोड रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब ६४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

आइतबार, २१ जेठ २०८०, १५ : १६

प्रतिक्रिया