काठमाडौं- नेशनल लाइफको वार्षिक साधारण सभा सम्पन्न भएको छ।
कम्पनीको घछ औं वार्षिक साधारण सभा कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको हो ।सभामा अध्यक्षले विश्व अर्थतन्त्र कोभिड पश्चात विस्तारै लयमा फर्कने संकेत भइरहेकोमा विश्व अर्थतन्त्रमा चुनौति थपिएको र हाम्रो देशको सन्दर्भमा विशेष गरी तरलताको संकटले बीमा ब्यवसाय चुनौतिपूर्ण भए पनि नियामक निकायले लिएको विभिन्न कदमहरुका कारणले आ।व।२०७८र०७९ मा बीमाको पहुंचमा उल्लेखनीय बृद्धि भएको र नेपाल सरकार र नियामक निकायको सहयोगात्मक नीतिहरुका कारणले गर्दा बीमा बजार आउने दिनहरुमा थप फस्टाउने आशा गरे ।
आ।व।२०७८र०७९ मा कम्पनीको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । कम्पनीको कूल बीमाशुल्क १५ प्रतिशतले बृद्धि भई रु.१,४४०.७६ करोड पुगेको छ । जीवन बीमा कोष २०.८४ प्रतिशतले बृद्धि भई रु।५,०८०।४२ करोड पुगेको छ । कूल लगानी १९.८५ प्रतिशतले बृद्धि भई रु।४,७०३.९२ करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र सो आ।व।२०७८र०७९ मा सो दर ९.९० प्रतिशत कायम रहेको छ ।
नियामक निकायवाट जारी भएको लगानी निर्देशिका अनुरुप कम्पनी आफ्नो लगानी विविधिकरण गर्ने प्रक्रृयामा छ । विशेष गरी घरजग्गा ब्यवसाय र जल विद्युतमा लगानी बढाउन तर्फ कम्पनीले प्रयास गर्नेछ । यस्तै एक सहायक लगानी कम्पनी स्थापना गर्ने तर्फ पनि आ।व।२०७९÷०८० मा प्रक्रृया अगाडि बढाइने भएको छ ।
कम्पनीको नेपालगंज स्थित आफ्नो स्वामित्वमा रहेको जग्गामा आ।व।२०८०÷०८१ भित्र भवन निर्माण सम्पन्न हुने गरी कार्य अगाडि बढाइएको छ । यसवाट सो क्षेत्रमा कम्पनीको ब्यवसाय प्रवर्धन गर्न सहज हुनेछ । कम्पनीको अन्य शाखाहरुमा पनि क्रमशः यो प्रक्रृया शुरु गरिने छ । कम्पनीले आफ्नो अभिकर्ता सन्जाललाई थप ब्यवसायीकरण गर्ने एवं सूचना प्रविधि क्षेत्रलाई अद्यावधिक गर्ने कार्यमा निरन्तर लगानी गर्नेछ ।
कम्पनीले ब्यवसायीक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बीचको सन्तुलनलाई निरन्तरता दिई नियमनकारी निकायको निर्देशन अनुसार खूद नाफाको १ प्रतिशतले रु।७३,९२,८९१र९ बराबर रकम सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तर गर्न सफल भएको छ ।
३५ औं वार्षिक साधारण सभाले आ।व। २०७८र०७९ को लागि अद्यावधिक चुक्ता पूँजीको ८ प्रतिशत वोनस शेयर जारी गर्ने र सो वोनस शेयर वापतको कर प्रयोजनको लागि रु।१,९५,३८,६६१र९ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । उक्त लाभांशको अतिरिक्त चुक्ता पूँजीमा ६।५ प्रतिशतको दरले थप नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित भएको छ । नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु।५ अरब पुयाउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको कायम रहेको चुक्ता पूँजी रु.४,६४,०४,३१,८७५र९ मा ८ प्रतिशतको वोनस शेयर थप भई कूल चुक्ता पूँजी रु.५,०१,१६,६६,४२५र९ पुगेको छ र तोकिएको चुक्ता पूँजी सहज रुपमा पूरा भएको छ ।
सभामा अध्यक्षज्यूले आउने दिनहरुमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी एक मूख्य बीमकको रुपमा आम सर्व साधारणको जीवन बीमाको आवश्यकता परिपूर्ती गर्नमा अग्रणी भूमीका निर्वाह गरिरहने विश्वास ब्यक्त गर्नु भयो ।
प्रतिक्रिया